एचआईडीसीएलको तेह्रौं वार्षिक साधारणसभा पुस २४ गते
चुक्ता पुँजीको ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले तेह्रौं वार्षिक साधारणसभा पुस २४ गते बुधबार बोलाएको छ ।
साधारण सभामा चुक्ता पुँजीको ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लगिने छ । साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।
चालू आर्थिक वर्षका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, एक जना सञ्चालकको निर्वाचन गर्ने र खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछन् ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस ११ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग बन्न र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन् । साधारण सभा बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान १० बजेदेखि शुरु हुनेछ ।