citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

प्रभु बैंकको पोखरामा ३ वटा शाखा कार्यालय सञ्चालनमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्रभु बैंकले कास्कीको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैपटक ३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बुधबार पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको उदघाटन बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले गरेका थिए ।
पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका सोही वडाका वडाध्यक्ष लेख बहादुर तामाङले गरेका थिए ।
त्यसैगरी, पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले गरेका थिए ।
उक्त थप ३ वटा शाखा कार्यालयहरुपछि प्रभु बैंकको शाखा कार्यालय संख्या २०८ पुगेको छ । हालसम्म बैंकले १५७ वटा एटिएम, ४३ वटा एक्स्टेन्सन काउन्टरहरुको सञ्जाल सहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन ल्याएको छ ।

gold
himalayan life insurance long ad