citizens life insurance long ad
stcnepal long ad

काठमाडौं मेडिकल कलेजले २५ प्रतिशत लाभांश बाँड्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २ गते बिहान ११ बजे काठमाडौं मेडिकल कलेज, दुवाकोट, भक्तपुरमा १७औँ वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभाले कार्यकारी अध्यक्षको पारिश्रमिक वृद्धि तथा अन्य सुविधा निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

यस्तै, अस्पतालको स्तर वृद्धि गर्न विभिन्न स्वास्थ्य उपकरण खरिद गरी विश्वस्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने, घरजग्गा खरिद गर्नुपर्ने र आवश्यक स्रोत जुटाउन विभिन्न बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

कम्पनीको व्यवसाय विस्तारका लागि समान तथा अन्य उद्देश्य भएका कम्पनी, हाइड्रो इनर्जी तथा सोलार इनर्जीलगायत विभिन्न कम्पनी खरिद गर्न तथा त्यस्ता कम्पनीको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ ।

यस्तै, सञ्चालक समितिको तर्फबाट कार्यकारी अध्यक्षको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ ।

IME Life
kumari