stcnepal long ad
global ime bank long

सिद्धार्थ बैंकका ग्राहकलाई टेस्ट टाउन फुड कोर्टमा १५ प्रतिशतसम्म छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई कमलपोखरीस्थित टेस्ट टाउन फुड कोर्ट प्रालिमा विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले सिटी सेन्टर कमलपोखरीस्थित टेस्ट टाउन फुड कोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस्’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

IME Lifesidebar
kumari