stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको सञ्चालकमा विकास आनन्द चयन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको सञ्चालक समितिको  मंसिर १७ मा बसेको ६६औँ बैठकले विकास आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फवाट सञ्चालकको रुपमा नियुक्तिरमनोनित गरी पठाए बमोजिम सञ्चालकको रुपमा नियुक्त गरिएको छ । सोही बैठकले विकास आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको हो ।

विकास आनन्द नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख संचालन अधिकृतको पदमा कार्यरत रही नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय संचालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानून लगायतका मामिला हेर्छन् ।

विकास आनन्द सञ्चालको रुपमा नियुक्त भएपश्चात विकास आनन्दले प्रचलित कम्पनी ऐन बमोजिम गोप्यता तथा इमान्दारिताको शपथ ग्रहण गरेका छन् ।

उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको सञ्चालकहरु राजेश कुमार पांडा, छपि राज पन्त, स्वतन्त्र सञ्चालक नन्दन हरी शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल तथा कम्पनीको कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari