stcnepal long ad
ime life insurance
global ime bank long

ज्योति विकास बैंकका ग्राहकले हमर फिटनेसको सेवामा आकर्षक छुट पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित हमर फिटनेस एण्ड जिममा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फिटनेस एन्ड जिममा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । आधुनिक मेसिनहरु तथा गुणस्तरीय सेवा र ट्रेनरहरु सहितको जिमले स्वस्थ जीवनशैली र व्यायामलाई महत्त्व दिँदै सेवा प्रवाह गर्दै आएको छ ।

हालै बैंकले काठमाडौंस्थित ‘जास्मिन फिटनेस क्लब एन्ड स्पा’ मा २० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ।

यसका साथै, बैंकले चितवनस्थित “सूर्य किरन फाइबर इन्डस्ट्रिज” मा १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । साथै, बैंकले मिराज बेकरीमा १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

prabhu mahalaxmi
kumari