stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

खल्ती डिजिटल वालेट र नेपाल बैंकबीच सम्झौता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ‘खल्ती’ डिजिटल वालेटले  बैंक नेपाल बैंकसँग सहकार्य गरेको छ । अब ‘खल्ती’ वालेटका ग्राहकले नेपाल बैंकको मोवाइल बैंकिंग र इन्टरनेट बैंकिंग सेवा प्रयोग गरेर मोवाइल वालेटमा नगद लोड गर्न सक्नेछन् ।

‘खल्ती’ डिजिटल वालेटका ग्राहकले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर ‘खल्ती’मा नगद लोड नगरी सिधै बस्तु तथा खेवाको भुक्तानी गर्न सक्नेछन् ।

दुवै संस्थाबीच सहकार्य सम्बन्धी सम्झौता पत्रमा नेपाल बैंकको केन्द्रीय कार्यालयमा आयोजतिक कार्यक्रममा खल्तीका तर्फबाट निर्देशक अमित अग्रवाल र प्रमुख ब्यवसाय विकास अधिकृत सदित घिमिरे तथा नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरे।

नेपाल बैंकसँगको सहकार्यपछि ‘खल्ती’ डिजिटल वालेटलाई जोडेर सिधै बस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने बैंकको संख्या चार पुगेको छ ।

यसअघि एनआइसी एशिया, लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटलाई खातासँग जोडेर सिधै भुक्तानी गर्दै आएका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari