stcnepal long ad
national life

समस्या समाधान गर्न एकता महाधिवेशन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौंँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव गरिएको छ । पार्टीमा देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता महाधिवेशनको समान धारणा राख्नुभएको हो ।
प्रधानमन्त्री निवासमा शनिबार बसेको सचिवालय बैठकमा एकता महाधिवेशनले अहिलेको समस्या समाधान गर्न सक्ने समान धारणा राखिएको र त्यसका लागि थप गृहकार्य गर्ने सहमति भएको बताइएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले समस्याको समाधान गर्ने जिम्मा पार्टी अध्यक्षद्वयलाई दिइएको जानकारी दिनुभयो ।

अहिले राष्ट्रको आवश्यकता के हो रु त्यो सम्बोधन हुुनेगरी पार्टीको आन्तरिक सङ्कट सहमतिका आधारमा कसरी समाधान गर्ने भन्ने विषयमा दुवै अध्यक्षबीच छलफल भइरहेको छ । प्रवक्ता श्रेष्ठले यो बैठकले पनि अझै छलफल गर्न दुवै अध्यक्षलाई जिम्मेवारी दिएको कुरा स्पष्ट पार्नुुभयो ।
पार्टी एकताको रक्षा गर्ने, सुदृढ गर्ने, नेपाली समाजको आवश्यकता के हो रु त्यसको सम्बोधन गर्न जनताले जनादेश दिएकाले सोही अनुसार नै काम गर्ने र पार्टीमा देखिएको सङ्कट समाधान गर्नेगरी अगाडि बढ्ने सहमति भएको तथा त्यसको निकास अध्यक्षद्वयले दिनेगरी जिम्मेवारी दिइएको बताइएको छ ।

पार्टीमा निकास दिनेगरी छलफल जारी छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नै आइतबार स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । स्रोतका अनुसार यो सचिवालय बैठक मौजुदा समस्या समाधानतर्फ उन्मुख भएको जनाइएको छ ।
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने विषय औपचारिक रूपमा बैठकमा नआएको प्रस्ट पार्दै नेताले बैठकमा आफ्नो विचार राख्ने क्रममा आएका कुरा मात्रै रहेका छन्, यद्यपि त्यसको विषयमा पनि पार्टीमा छलफल हुनेछ भन्नुुभयो ।

केही दिनदेखि अध्यक्षद्वयबीच पटक पटक छलफल भएको छ तर कुनै निकास निस्केको छैन । शनिबारको सचिवालय बैठकले दुवै अध्यक्षबीच छलफल गरेर पार्टीको आन्तरिक विवाद समाधान गर्नेगरी निकास दिन सुझाव दिएको छ । आइतबार अपराह्न ३,०० बजे स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्षद्वयबीच छलफल हुने बताइएको छ ।

सचिवालयको बैठक लगत्तै अध्यक्षद्वय ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुभएको थियो । आजको गोरखापत्र दैनिकबाट

gold
kumari bank
kumari
nawakantipur long