stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल क्लियरिङ्ग हाउसले पायो ‘बेस्ट प्रिजेन्टेड अवार्ड’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) लाई ‘बेस्ट प्रिजेन्टेड अवार्ड’ अन्तर्गत सन् २०१९ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ पहिलो स्थानको पुरस्कार प्रदान गरिएको छ

। एनसीएचएलले आ.व. २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा आईक्यानद्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरष्कार प्रदान गरिएको हो ।

गत वर्ष पनि सोही विधा अन्तर्गत एनसीएचएलले दोश्रो स्थानको पुरष्कार प्राप्त गर्नुका साथै सार्क क्षेत्रमा साफा बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवाड अन्तर्गत सार्वजनिक क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” पनि प्राप्त गरेको थियो । कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो ।

prabhu mahalaxmi
kumari