सिद्धार्थ बैंकको पहिलो त्रैमाससम्म ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ७९१.४३ प्रतिशतले धेरै हो ।
गत वर्ष यसले ४ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले बढेर २ अर्ब ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
गत वर्ष उक्त आम्दानी १ अर्ब ९६ करोड ९८ लाख थियो । यता, यस बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट घटेर १ अर्ब ५० लाख कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार आएको हो ।
यता, बैंकको सञ्चालन नाफा पनि ५७६.३३ प्रतिशतले बढेको छ । यसको वितरण योग्य नाफा २६ करोड ४३ लाख रहेको छ ।
चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ सिद्धार्थको जगेडा कोषमा १४ अर्ब ६ करोड रुपैयाँ जम्मा रहेको छ ।
यसको चुक्ता पुँजी र जगेडा कोषको आकार लगभग बराबर छ । यसको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसाले बढेर १० रुपैयाँ ६४ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७२ पैसा रहेको छ ।