उत्कृष्ट फिचर र थप ग्राउन्ड क्लियरेन्ससहित बजाजले लन्च गर्यो पल्सर एन१२५

काठमाडौं । बजाज अटोले १२५ सीसी सेगमेन्टमा उत्कृष्ट फिचर र शक्तिशाली इन्जिनसहितको नयाँ बाइक बजाज पल्सर एन१२५ लन्च गरेको छ । कम्पनीले सो बाइक कुल दुई भेरिएन्टमा ल्याएको हो ।
बजाजले नयाँ बाइक १२४.५८ सीसी क्षमताको इन्जिनसहित बजारमा ल्याएको छ, यसले १२ पीएसको पावर र ११ एनएमको टर्क उत्पादन गर्छ । बाइकमा ५ स्पिड गियरबक्स रहेको छ र यसमा १७ इन्चको टायर दिइएको छ ।
बजाजले नयाँ पल्सर एन१२५ मा अगाडि डिस्क ब्रेक र रियर ड्रम ब्रेकको साथ सीबीएस सिस्टम दिएको छ । यसका साथै बाइकमा आईएसजी, किक स्टार्ट, मोनोक्रोम एलसीडी र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ ।
सो बाइकमा स्प्लिट सिट पनि उपलब्ध छ । यसबाहेक यसमा ९.५ लिटर क्षमताको पेट्रोल ट्याङ्की छ । बाइकको ह्विलबेस १२९५ एमएम र ग्राउन्ड क्लियरेन्स १९८ एमएम राखिएको छ ।
सो बाइक सिंगल टोन र ड्युअल टोन कलर र आकर्षक ग्राफिक्समा उपलब्ध छ । बजाज पल्सर एन१२५ बेस र टप गरी दुई भेरिएन्टमा लन्च गरिएको छ ।
यसको बेस भेरिएन्टको एक्स शोरुम मूल्य ९४ हजार ७०७ भारु राखिएको छ । जबकि टप भेरिएन्टको एक्स-शोरुम मूल्य ९८ हजार ७०७ भारु तोकिएको छ ।
बजाजको सो बाइकले टीभीएस रेडर, हिरो एक्स्ट्रिम १२५, होन्डा शाइन र एसपी१२५ जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।