stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आवको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

समीक्षा अवधिमा बैंकले ६० करोड २१ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२२.९८ प्रतिशत बढी हो । गत आवमा बैंकले १४ करोड २३ लाख रुपियाँ मात्रै खुद नाफा कमाएको थियो।

पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ०.४३ प्रतिशतले घटेर २ अर्ब २० करोड ८२ लाख रुपियाँ र खुद फी तथा कमिशन आम्दानी ७.०३ प्रतिशत घटेर २९ करोड ५३ लाख रुपियाँ कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ०।०८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५६४.६१ प्रतिशतले बढेर ६९ करोड रुपियाँ कायम भएको छ ।

त्यस्तै गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, समीक्षा अवधिमा घटेर ६८ करोड ८४ लाख रुपैयाँमा झरेको छ । जसका कारण सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढेको हो ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २५.८० रुपियाँ रहेको छ ।

साथै, समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२.५१ रुपैयाँले बढेर १६.३९ रुपैयाँ पुगेको छ ।त्यस्तै, प्रतिशेयर नेटवर्थ २६४.७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.९८ गुणा रहेको छ ।

यस अवधिमा १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष ४.५३ प्रतिशतले वृद्धि भई २४ अर्ब २० करोड २९ लाख रुपियाँ पुगेको छ भने निक्षेप १.१२ प्रतिशत र कर्जा तथा सापटी २.७९ प्रतिशत बढेको छ।

prabhu mahalaxmi
kumari bank
kumari