ज्योति विकास बैंकका ग्राहकहरुलाई पोखरास्थित कुटी रिसोर्टमा २० प्रतिशतसम्मको छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त रिसोर्टमा खानामा २० प्रतिशत, पेय पदार्थमा १० प्रतिशत र रुम चार्जमा १५ प्रतिशतसम्मको आकर्षक छुटको फाइदा लिन सक्ने बैंकले जनाएको छ ।
उक्त रिसोर्टमा ग्राहकहरुले १ वर्षको अवधिसम्म यस्तो छुटको लाभ उठाउन सक्नेछन् । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।