stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्ट्यान्डर्ड चार्टर्ड बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाबीच ऋण सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले एसियाली विकास बैंक (एडीबी) सँगको सहकार्यमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ऋण सहयोग गरेको छ ।

नेपालको एक प्रमुख लघुवित्त संस्था छिमेकलाई गैरवित्त जोखिम साझेदारी सम्झौता अन्तर्गत ऋण सहयोग उपलब्ध गराउने सहमति भएको स्टयान्डर्ड चार्टर्ड बैंकले जनाएको छ । यसखालको सम्झौता नेपालमै पहिलो पटक भएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार उपलब्ध हुने ऋण ग्रामीण भेगमा वित्तीय पहुँच थप बलियो बनाउन उपयोग हुने तथा यसपछि अन्य नवीन काममा पनि ऋण उपलब्ध गराइ सिमान्तकृत समुदायको आर्थिक वृद्धिमा बढावा दिन सहयोग पुग्ने छ ।

ऋण आदान–प्रदान सम्झौता कार्यक्रममा एडीबीका कन्ट्री डाइरेक्टर, अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल, छिमेक लघुवित्तको व्यवस्थापन समूह, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत अधिकारीहरू उपस्थित थिए ।

‘एडीबीको लघुवित्त कार्यक्रम अन्तर्गत वित्तीय समावेशिता र लैंगिक भेदभाव हटाइ नेपालका सिमान्तकृत र पिछडिएका महिलाहरूको आर्थिक स्थिति उकास्न यसखालको ऋणले उल्लेख्य सहयोग गर्ने विश्वास छ,’ एडीबीका कन्ट्री डाइरेक्टर आर्नौड कर्कोइसले भने, ‘हाम्रो लघुवित्त कार्यक्रम अन्तर्गत नेपालमा छिमेक लघुवित्त पहिलो साझेदार बनेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालसँग साझेदारी गर्दै नेपालको गरिबी निवारणमा सहयो गर्न पाउँदा औधी खुसी छौं ।’

छिमेक लघुवित्तका सीईओ दीपकनिधि तिवारीले यो ऋण सहयोग नेपालका ग्रामीण भेगमा रहेका सिमान्तकृति समुदायको आर्थिक स्तर उकास्न उपयोग गरिने बताए ।

त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तीदारले नेपालका सिमान्तकृत समुदायको आर्थिक उन्नतिका लागि बैंकले काम गर्दै आएको र भविष्यमा यस्ता कार्यक्रमलाई थप बढाउँदै लाने जानकारी दिए ।

prabhu mahalaxmi
kumari