stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफा पौने १४ करोड रुपैयाँ, कुल आम्दानी २५ करोड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको एक महिनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पौने १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले साउनमा १३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

एक महिनामा बैंकको कुल आम्दानी २५ करोड १६ लाख रुपैयाँ गरेको छ । यस अवधिमा बैंकको ब्याज आम्दानी २२ करोड १२ लाख रुपैयाँ गरेको छ भने बैंकले ब्याज खर्चमै १ करोड ८७ लाख रुपैयाँ, कर्मचारी खर्च ३९ लाख रुपैयाँ, कार्यालय सञ्चालन खर्च ४४ लाख रुपैयाँ गरेको छ ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडामा १ अर्ब ३० करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड रुपैयाँ र अन्य जगेडा कोषमा ८० करोड रुपैयाँ रहेको छ ।

prabhu mahalaxmi
kumari