stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

माछापुच्छ्रे बैंकद्वारा चाडपर्व लक्षित अफरः डिजिटल सेवामा क्यासब्याक, छूट र विशेष उपहार योजना

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । माछापुच्छ्रे बैंकले २४औं वार्षिकोत्सवको अवसरमा आउँदै गरेको चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरुमा ‘अफरै अफरहरु’ सञ्चालनमा ल्याएको छ ।

कम्पनी आगामी असोज १७ गतेबाट २४औं वर्ष पार गरी २५औं वर्षमा प्रवेश गर्दैछ । कम्पनीले यो वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरुमा विभिन्न क्यासब्याक तथा विशेष छूट अफरहरु ल्याएको छ ।

जसको फाइदा ग्राहकहरुले कम्पनीले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु जस्तैः मोबाइल बैंकिङ्ग,डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्डमार्फत लिन सक्नेछन् ।

कम्पनीले असोज १ गतेदेखि ३० गतेसम्मको अवधिमा मोबाइल बैंकिङ्ग एमबीएल एम स्मार्ट एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरुलाई विशेष छूट दिने योजना पनि ल्याएको छ । जसअन्तरगत कम्पनीको डेबिट कार्ड लिने ग्राहकहरुले कार्ड लिंदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छूट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छूट प्रदान पाइनेछ ।

कम्पनीले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट २ हजार ४०० रुपैयाँमा प्रदान गर्ने बताएको छ ।

साथै कम्पनीले मोबाइल बैंकिङ्ग सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छूट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४प्रतिशतसम्मको छूट प्रदान गर्ने बताएको छ ।

कम्पनीको वार्षिकोत्सव लक्षित उक्त योजना अन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधीमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विभिन्न मर्चेन्टहरुबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसका साथै कम्पनीले असोज १ देखि १८ गतेसम्मको लागि डिजिटल कारोबारको प्रोत्सहान र प्रबर्द्धनको लागि आधिकारीक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत ग्राहकहरुको लागि क्विज कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसप्रतियोगितामा सही उत्तर दिने सहभागीहरु मध्ये भाग्यशाली विजेताले आर्कषक उपहार पाउन सकनेछन् ।

साथै कम्पनीले उक्त योजनाको अवधिभर जारी डिजिटल माध्यमहरुबाट कारोबार गर्ने ग्राहकहरु र डिजिटल भुक्तानी लिने मर्चेन्टहरुका लागि विभिन्न मर्चेन्ट तथा भेन्डर्सहरुद्वारा प्रायोजित विविध उपहारहरु जस्तैः टिभि, मोबाइल फोन, ट्याब, स्मार्टवाच, रिचार्जकार्ड तथा आकर्षक गिफ्ट भौचरहरु प्रदान गर्ने पनि बताएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari