stcnepal long ad
global ime bank long

शमी साहित्य प्रतिष्ठानद्वारा ६ जना स्रष्ठाहरु नगदसहित पुरस्कृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शमी साहित्य प्रतिष्ठानले विभिन्न स्रष्ठाहरुलाई सम्मान गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा प्रतिष्ठानले नेपाली साहित्य जगतमा विशेष योगदान गर्ने स्रष्ठाहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुने स्रष्ठाहरुमा कृष्ण गौतम, राप्रउ पोखरेल, ज्ञान उदास, रामबाबु घिमिरे, प्रेमविनोद नन्दन र प्रा.डा.कृष्णप्रसाद दाहाल रहेका छन् । उनीहरुलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनही रु. ५० हजारसहित ताम्रापत्रबाट पुरस्कृत गरेका हुन् ।

सोहि कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा लेखक/साहित्यकार गंगाप्रसाद उप्रेतीद्वारा लिखित बन्दी जीवनका अत्यासलाग्दा कथाहरु लोकार्पण गरिएको छ ।

कार्यक्रमका प्रम्ख अतिथि तथा सभामुख घिमिरेले नेपाली समाज परिवर्तन गर्न, राजनीतिक जागरण ल्याउन र आर्थिक समृद्धिको लागि नेपाली साहित्यको महत्वपूर्ण योगदान रहेको बताए ।

उनले शमी साहित्य प्रतिष्ठानले अक्षय कोष नै स्थापना गरि प्रत्येक वर्ष साहित्य जगतका प्रतिष्ठित व्यक्तित्व तथा साहित्यमा योगदान पुर्याउने स्रष्ठाहरुलाई सम्मान गरेकोमा धन्यवाद प्रकट गर्दै यस्ता प्रतिष्ठित कार्यलाई अझ क्रियाशिल भई निरन्तर्ता दिन आग्रह गरे ।

उनले विगतका शासनहरुमा अत्यन्त कष्ठकर जीवन बिताई आज जनताको ठूलो वलिदानीपूर्ण संघर्षले यो संघीय लोकतान्त्रि गणतन्त्र आएको स्मरण गर्दै यसको संरक्षणको लागि साहित्यीक व्यक्तित्वहरुको ठूलो त्याग र तपस्या भूमिका भएको बताए ।

समाजमा राजनीतिक चेतनाको उजागर गर्न र परिवर्तनलाई चिर्न नेपाली साहित्यले गरेको योगदान जतिनै चर्चा गरेपनि कमी हुने उनले बताए । अहिले संविधान शंसोधनको कुरा उठिरहंदा यसलाई के कस्ता विषय समावेश गर्न आवश्यक छ त्यसलाई पनि सुझावको रुपमा ल्याउन साहित्यकारहरुलाई उनले आग्रह गरे ।

शमी साहित्य प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माले २०६६ सालमा स्थापना भएको प्रतिष्ठानले सोह्रौ वर्षमा प्रवेश गर्दै गर्दा १८ जना स्रष्ठाहरुलाई सम्मान गरेको बताए ।

प्रतिष्ठानले नेपाली भाषा, कला, साहित्य, संस्कृति र सम्पदा संरक्षण एवं प्रवद्र्धनमा विशेष योगदान गरि स्थापना कालदेखि नै स्रष्ठाहरुलाई सम्मान गर्दै आएको र त्यसलाई निरन्तर्ता दिंदै अझ सशक्त र क्रियाशिल ढंगले लाग्ने प्रतिवद्धा व्यक्त गरे ।

कार्यक्रममा लेखक तथा पूर्वकुलपति गंगाप्रसाद उप्रेती, प्राडा. देवीप्रसाद नेपाल, डा.कृष्णहरी बराल, वैरागी काइला, डा.नवराज लम्साललगातय साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

पूर्वकुलपति गंगा उप्रेतिद्वारा लिखित पुस्तक बन्दी जीवनका अत्यासलाग्दा कथाहरुमा नेपाल राणा शासनका राजनीतिक अवस्था, जनआन्दोलन, कष्ठकर जेलजीवन, राजवन्दीको बरबर हत्या, कहालीलाग्दो घटना आदिलाई मार्मीक ढंगले प्रस्तुत /उजागर गरेको छ ।

सम्मानित सहित्यकाहरुले राज्यले खोज नगरेका र नचिनेका स्रष्ठाहरुलाई शमी साहित्य प्रतिष्ठानले कुनाकन्तरमासम्म पुगी खोजी यस किसिमले सम्मान गरेकोमा खुशी व्यक्त गर्दै यस्ता कार्यप्रति आभारसमेत प्रकट गरे ।

 

IME Lifesidebar
kumari