stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

राष्ट्रिय वाणिज्य बैंकद्धारा तीन कम्पनीलाई कम्पनीहरुलाई रकम हस्तान्तरण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफेक्टीसीएनसी प्रोगाम नेपाल’ कार्यक्रम अन्तर्गतका विभिन्न तीन कम्पनीहरुलाई रकम हस्तान्तरण गरेको छ ।

बैंकले जर्मन सरकारको सहयोगमा संचालित उक्त कार्यक्रम अन्तर्गत विभिन्न कम्पनीहरुलाई एक करोड २५ लाख ६१ हजार पाँच सय एकतीस रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।

बैंकले अशोक स्टील इन्डस्ट्रिजलाई एक करोड, सीताराम गोकुल मिल्क्स लाई २० लाख एक हजार एक सय एकतीस, गोइन्का स्टीललाई पाँच लाख ६० हजार चार सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बताएको छ ।

उक्त कम्पनीहरुले मतव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको वापत प्राप्त रकम बराबरको चेक सोमबार हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान समेत गरे ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी र केशव प्रसाल लम्साल, उपकार्यकरी अधिकृतहरु देबेन्द्ररमण खनाल, सरस्वती अधिकारी, देवेसप्रसाद लोहनी एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका प्रतिनीधिहरु लगायतको उपस्थिति रहेको थियो ।

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता भएको थियो ।

उक्त सम्झौता बमोजिम बैंकले ‘इनर्जी इफेक्टीसीएनसी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट एस्कटीङ एजेन्सीको रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।

आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।

prabhu mahalaxmi
kumari bank
kumari