प्रभु बैंकले नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदरमा भदौ महीनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।
बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर तोकेको छ भने रेमिटेन्स खातामा ७.१० प्रतिशत ब्याजदर तोकेको छ । भदौ महीनामा पनि बैंकले यही ब्याजदर लागू गरेको थियो।
बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । भदौमा पनि बैंकले यही ब्याजदर ताकेको थियो ।