stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

फोनपे र सिटिजन्स बैंकको साझेदारीमा नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड नाम दिइएको यो सुविधा नेपालको आफ्नै कार्ड स्किम हो ।

यस मार्फत नेपालमा पहिलो पटक क्यूआर भुक्तानी र क्रेडिट कार्ड सेवालाई पूर्ण रूपमा भर्चुअल बनाइएको सिटिजन्स बैंकले जनाएको छ ।

बैंकको  मोबाइल एप मार्फत प्रयोगकर्तालाई  तत्काल  भर्चुअल  कार्ड  जारी गर्न सकिने र यसद्वारा १४ लाखभन्दा धेरै फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने बैंकले बताएको छ ।

आफ्नो मासिक बजेटअनुरूप खर्च ट्र्याक गर्न सजिलो हुने र ४५ दिनसम्म ब्याजरहित क्रेडिट अवधि सुविधा उपभोग गर्न सकिने बैंकको भनाइ छ ।

‘ग्राहकले चाहेअनुसार पूर्ण रकम वा न्यूनतम भुक्तानी गर्न सकिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस विशेष योजनाका लागि ५० प्रतिशत तत्काल क्यासब्याक अफर राखिएको छ ।’

भर्चुअल क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रतिप्रयोगकर्ता ५० प्रतिशत ९१ हजार रुपैयाँ० सम्मको रकमको क्यासब्याक अफर प्रदान गर्ने बैंकले बताएको छ ।

यो सीमित समयको अफर ०८१ भदौ २७ बाट सुरु हुने भनिएको छ । यो नयाँ पहलले ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको विश्वास छ ।

‘आजको डिजिटल युगमा वित्तीय कारोबारमा सजिलो, सुरक्षा र लचकता महत्त्वपूर्ण भएको छ,’ उनी भन्छन्, ‘हामीले यस सेवासँगै डिजिटल परिवर्तनको यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता देखाएका छौं ।’

फोनपेका सीईओ दिवस कुमारले पनि नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा खुसी व्यक्त गरे । ‘नेपालमा क्रेडिट कार्डको प्रयोग २ प्रतिशतभन्दा कम भएको अवस्थामा हाम्रो भर्चुअल क्रेडिट कार्डले यो कमी पूरा गर्दै स्थानीयदेखि ठूला व्यापारीहरूसम्मको नेटवर्कमा तुरुन्त पहुँच पुर्‍याउनेछ,’ उनी भन्छन्, ‘यो केवल नयाँ सेवाको सुरुवात नभई सम्पूर्ण नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर लचक र अनुकूल समाधान सिर्जना गर्ने प्रयास हो ।’

सिटिजन्स फोनपे क्रेडिट कार्ड पूर्ण रूपमा डिजिटल कार्ड हो । यसले फोनपे नेटवर्कमा क्यूआर भुक्तानी, अनलाइन वा ई–कमर्स भुक्तानी र ईएमआई कन्भर्जन जस्ता सुविधा दिने विज्ञप्तिमा उल्लेख छ । यसमा ग्राहकले कार्ड व्यवस्थापन, लिमिट कन्ट्रोल र स्टेटमेन्ट डेलिभरीजस्ता सुविधा पाउँछन् ।

prabhu mahalaxmi
kumari