नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटायो ब्याजदर
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि भदौका लागि ब्याजदर घटाएको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।
मुद्दती निक्षेपमा बैंकले व्यक्तिगतमा ६.५०%, रेमिटेन्समा ७.५०% र संस्थागतमा ५.५०% अधिकतम ब्याजदर ताकेको छ । साउनमा बैंकले व्यक्तिगतमा ७५, रेमिटेन्समा ८५ र संस्थागतमा ६५ अधिकतम ब्याजदर तोकेको थियो ।
भदौका लागि व्यक्तिगतमा ३ देखि ६ महिना अवधिका लागि ४.७५%, ६ देखि माथि १२ महिनाभन्दा कम अवधिका लागि ५.५०%, १ देखि २ वर्ष अवधिका लागि ६% र २ वर्षदेखि माथिको अवधिका लागि ६.५०% ब्याजदर तोकेको छ ।
रेमिटेन्समा १ वर्ष अवधिमा ६.५०%, १ देखि २ वर्ष अवधिमा ७% र २ वर्षदेखि माथि अवधिमा ७.५०% ब्याजदर निर्धारण भएको छ ।
संस्थागतमा ६ महिनादेखि १ वर्ष अवधिमा ४.५०%, १ देखि २ वर्ष अवधिमा ५% र २ वर्षदेखि माथि अवधिमा ५.५०% ब्याजदर कायम भएको छ ।