राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिभिजन बीच सम्झौता
काठमाडौं । नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैक वीच दुबै पक्षको हितमा हुनेगरी एक बर्षको लागि व्यवसायिक सम्झौता भएको छ ।
सम्झौतामा राष्ट्रिय बाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले हस्ताक्षर गरेका थिए ।
सो सम्झौता अनुसार नेपाल टेलिभिजनका समाचार तथा कार्यक्रमहरु प्रसारणमा बैंकको प्रर्वद्धनात्मक सन्देश एक बर्ष प्रसारण गरिनेछ।
नेपाल टेलिभिजन संगको सहकार्यले बैकको नयाँ योजना कार्यान्वयन गर्न सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वताउनु भयो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्टले ब्यवसायिक सफलता हाँसील गर्न सफल बैक र ७७ जिल्लामा पहुँच भएको टेलिभिजन वीचको सहकार्य दुबै पक्षको प्रवर्द्धनमा सहयोग पुग्ने वताउनु भयो ।
बिश्वव्यापी कोरोनाको प्रभावका कारण व्यवसायिक संकुचनका वेला पनि ब्यवसायिक सम्झौता हुनु गौरवको विषय भएको उल्लेख गर्नुहुदै सहयोगको क्षेत्र फराकिलो बनाएर लैजाने प्रतिवध्दता व्यक्त गर्नुभयो ।
विगतका बर्षहरुदेखि नै राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिभिजनबीच व्यवसायिक सहकार्य हुदै आएको छ ।




























