stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरण सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण सार्वजनिक गर्ने सिटिजन्स पहिलो वाणिज्य बैंक पनि हो।

समीक्षा वर्षमा बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

अघिल्लो वर्षको तुलनामा यो वर्ष सिटिजन्स बैंकको नाफामा २७.९७ प्रतिशतको संकुचन आएको छ।

यो वर्ष बैंकको सञ्चालन मुनाफा पनि १९.३२ प्रतिशतले घटेर २ अर्ब ७ करोड ७८ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ५७ करोड ७५ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ५ अर्ब ८२ करोड ८४ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा २।४४ प्रतिशतको कमी आएको छ।

आव २०८०/८१ मा बैंकको ६१ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ८४ करोड ६९ लाख रुपैयाँ रहेको छ। समीक्षा वर्षका लागि बैंकको लाभांश क्षमता ४।३४ प्रतिशत रहेको छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.०७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ३।३९ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले १ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

चुक्तापुँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा ६ अर्ब ७४ करोड ८ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ।

समीक्षा वर्षमा बैंकले १ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

अघिल्लो वर्षमा बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो। समीक्षा वर्षमा बैंकको निक्षेप संकलन १२।०७ प्रतिशत र कर्जा प्रवाह ९।६५ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९.४५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १३.१२ रुपैयाँ थियो। पीई रेसियो २०.४७ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५१.८१ रुपैयाँ रहेको छ।

IME Lifesidebar
kumari