stcnepal long ad
global ime bank long

बैंक तथा वित्त कम्पनीलाई नेपाल राष्ट्र बैंकको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई सार्वजनिक विदामा पनि राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र बैंकको क्लियरिङ्ग गर्ने काउन्टर खुला राख्न निर्देशन दिएको छ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्त कम्पनीहरुलाई राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र बैंकको क्लियरिङ्ग गर्ने काउन्टर खुला राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले असार २७ गते शनिबार र सो पछिका जुनसुकै सार्वजनिक विदामा समेत नेपाल राष्ट्र बैंक लगायत राजश्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा काउन्टर एंवम क्लियरिङ सम्बन्धि कार्य गर्ने सबै काउन्टर लगायत नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ ।

राजश्व संकलन सम्बन्धि काउन्टहरु बाहेका अन्य शाखाहरु सबैं शाखाहरु भने बन्द नै हुने राष्ट्र बैंकले बताएको छ ।

IME Lifesidebar
kumari