महालक्ष्मी विकास बैंकका (सीईओ) लामिछानेद्धारा राजिनामा
काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराज लामिछानेले राजीनामा दिएका छन् । लामिछानेले साउन एक गतेबाट लागू हुने गरी उक्त पदबाट राजीनामा दिएको हो ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) लामिछाने २०७४ साल कार्तिक २६ गते ४ वर्षका लागि सीईओमा नियुक्त भएका थिए। बैंकिङ क्षेत्रमा लामिछानेलाई लामो अनुभव रहेको छ ।





























