citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कामना सेवा विकास बैंक र जय सिद्धबाबा चस्मा पसलबीच सम्झौता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित जय सिद्धबाबा चस्मा पसलसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा–सुविधामध्ये ब्रान्डेड चस्मामा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण कर्मचारी तथा ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।

himalayan life insurance
igi long