sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत जेठ १४ गतेदेखि लिलामीमा ल्याएको १० लाख कित्ता संस्थापक शेयरमा आवेदन दिने आज (जेठ २२ गते) अन्तिम दिन रहेको छ ।

शेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति तथा संस्थाले आज अपरान्ह ३ बजेसम्म आवेदन दिन पाउनेछन् ।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम एक लाख कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुकले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत कबोल गरी बिक्री प्रबन्धक  कुमारी क्यापिटल लिमिटेड, नक्साल– काठमाडौंमा  गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

prabhu bank
nawakantipur long