citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ३० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनी सुनिक पोखरेलको नाममा रहेको ८० हजार कित्ता र कुमार पौडेलको नाममा रहेको २ लाख ५० हजार कित्ता शेयर कम्पनीले विक्रीमा राखेको हो ।

उक्त शेयर कम्पनी कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकले काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

कम्पनीले तोकेको उक्त ३५ दिनभित्र संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long