stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

डिजिटल बैंकिङ रुचाउनेको पहिलो रोजाइ ‘एन बैंक’

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो समय अधिकांश बैंक तथा वित्तीय संस्थाहरू डिजिटल बैंकिङ प्रक्रियामा अघि बढ्न थालेका छन् । बैंकमात्र नभएर डिजिटल बैंकिङ रुचाउनेको जमात पनि बढ्दो छ ।

हो, त्यस्तै डिजिटल बैंकिङ रुचाउनेहरुका लागि निकै उपयोगी हुन सक्छ, नबिलको ‘एन बैंक’ । नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई अनलाइनबाटै खाता खोलेर ऋण समेत दिने गरी नेपालमा पहिलो पटक सन् २०२२ मा ‘एन बैंक’ सञ्चालनमा ल्याइएको हो ।

यो मोबाइल बैंकिङको पूर्ण परिमार्जित रूप हो । ‘एन बैंक’ कुनै पनि भौतिक शाखा बिनाको निजीकृत भर्चुअल बैंकिङ हो । यसलाई नबिल बैंकले एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको छ ।

जसबाट  ग्राहकहरूले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैंकिङ सेवाहरू प्राप्त गर्न सक्नेछन् । निओ बैंकिङ अवधारणामा बैंकले यो एप सञ्चालनमा ल्याएको बताइएको छ । समय र लागत खपत गर्न प्रायः मानिसहरुले एन बैंकको प्रयोग गर्ने गरेका छन् ।

ग्राहकले आफ्नो साथमा रहेको मोबाइल फोनको सहायताले ‘एन बैंक’को उपयोग मार्फत खाता खोल्ने, निक्षेप राख्ने, भुक्तानी लिने, ऋण लिने जस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्नेछन् ।

के हो ‘एन बैंक’ ?

‘एन बैंक’ खाता भने होइन, यो एउटा एप हो । नबिल स्मार्ट बैंक एप प्रयोग गरिरहेका ग्राहकहरूले त्यसलाई नै अपडेट गर्दा यो प्राप्त हुन्छ । पहिले लोगोमा भएको ‘ए’ भने एन बैंकमा ‘एन’मा परिणत हुन्छ ।

नयाँ र आधुनिक प्रयोगकर्तालाई इन्टरफेस प्रदान गर्न पहिलेको एपको लुक एन्ड फिल अपडेट गरिएको छ । नबिल बैंकमा खाता नखोलेका ग्राहकले पनि अब आफ्नो मोबाइलमा रहेको ‘एन बैंक’ एपबाट बैंक खाता खोल्न सक्नेछन् ।

‘एन बैंक’मार्फत् खाता खोल्न जम्मा ३० सेकेन्ड लाग्नेछ । यसमा २४ सै घण्टा कस्टुमर केयर सपोर्ट रहेको छ । यसका साथै २४ सै घण्टा भिडियो केवाईसीको सुविधा समेत उपलब्ध रहेको छ ।

एन सेभिङ खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, इमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नुपर्ने हुन्छ ।

खोलिएको खाता ग्राहकहरूले आफ्नो केवाइसी अद्यावधिक गर्नुभन्दा पहिले १५ दिनका लागि सञ्चालन हुनेछ । केवाइसी अद्यावधिक पनि त्यही एपबाट नै गर्न सकिनेछ । कुनै डकुमेन्ट मिलेन भने इमेल मार्फत बैंकले जानकारी गराउनेछ ।

सच्याउने काम पनि ग्राहकहरूले आफ्नो ‘एन बैंक’ एपबाट सिधै गर्न सक्नेछन् । ‘एन बैंक’को कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने मनसायले यो सुविधा सञ्चालन गरिएको छ । नयाँ डेबिट कार्ड, डेबिट कार्ड प्रतिस्थापन, क्रेडिट कार्ड, व्यक्तिगत ऋण लगायत सेवाहरू समेत सो एपबाट लिन सकिन्छ ।

‘एन बैंक’ कति सुरक्षित ?

हुन त, डिजिटल बैंकीङ प्रयोगकर्ताहरूमा एक प्रकारका डर सधैँ रहने गर्दछ । त्यसैले डिजिटल बैंकिङको कुरा गरिरहँदा ग्राहकको पैसा कति सुरक्षित रहन सक्छ भन्ने प्रमुख विषय रहन्छ ।

‘एन बैंक’ छुट्टै जस्तो देखिए पनि खाता खोलिसकेपछि ती ग्राहक नबिल बैंकका ग्राहक नै हुनेछन् । यो खातामा पैसा राख्दा डराउनु नपर्ने बैंकको दाबी छ ।

भौतिक खातामा झैँ ग्राहकको पैसा नबिल बैंकमा सुरक्षित नै रहन्छ । यसका लागि बैंकले बलियो ओटीपी पासवर्ड राखेको छ ।

जसमा ग्राहकले रजिष्टर गर्दा ग्राहककै मोबाइल र नम्बर हुन पर्छ । रजिष्टर गर्दा बैंकले टू फ्याक्टर अथोरिटी पठाउँछ साथै, सीम भेरिफिकेसन पनि गर्छ । जसको कारण स्वयं व्यक्तिको भन्दा अन्य व्यक्तिले अर्को मोबाइलमा लगइन गर्न सक्दैनन् ।

‘एन बैंक’मा खाता नखोले पनि पाइन्छ यी सुविधा

‘एन बैंक’मा खाता नखोलेका सर्वसाधारणहरूले पनि विभिन्न किसिममा फाइदा उठाउन सक्नेछन् । ‘एन बैंक’ एपबाट कुनै पनि व्यक्तिले बिल भुक्तानी लगायतको काम गर्न सक्नेछन् ।

‘एन बैंक’ निःशुल्क प्रयोग गर्न पाइने

यो एप प्रयोग गर्दा पैसा लाग्दैन । यसको नवीकरणको लागि वार्षिकरुपमा तीन सय रुपैयाँ भने ग्राहकले तिर्नुपर्ने हुन्छ । कारोबार गर्दा सूचना प्रवाह गर्न एसएमएस मार्फत सूचनाहरू पठाउनुपर्ने भएकोले उक्त चार्ज लिइएको बैंकको भनाइ छ ।

‘एन बैंक’मार्फत् ग्राहकले तीन प्रकारका लोनहरू पाउनेछन् । जसमा फोन लोन, फिक्स डिपोजिट नबिलमा छ भने ९० प्रतिशत लोन पाइन्छ र क्रेडिट कार्ड पनि आवश्यक डकुमेन्ट बुझाएर एक हप्ता भित्रमा कर्जा पाउन सकिनेछ ।

हालसम्म १० लाखभन्दा बढी प्रयोगकर्ताले एन बैंक डाउनलोड गरिसकेको बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari