citizens life insurance long ad

नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्य प्रयोग गर्न सुझाव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्त बुझेर मात्र क्रेडिट कार्य प्रयोग गर्न सुझाव दिएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो।

क्रेडिट कार्ड ‘क’ वर्गका वाणिज्य बैंक तथा राष्ट्रियस्तरका ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो।

सामान्यतः क्रेडिट कार्डको प्रयोग गरी रकम भुक्तानी गर्दा तोकिएको समयसीमासम्म कुनै ब्याज लाग्दैन तर सो मितिमा भुक्तानी नभएमा उच्च दरको ब्याज लाग्ने गर्दछ।

त्यसैले यस्तो कार्ड जारी गर्दा क्रेडिट सीमा, कारोबारको बिल प्राप्त हुने मिति र माध्यम, भुक्तानी गर्नुपर्ने समयावधि, सो अवधिभित्र भुक्तानी नगरेमा लागू हुने ब्याजदर आदिका बारेमा जानकारी उपलब्ध गराई ग्राहकसँग सम्झौता गर्नुपर्ने र उक्त सम्झौता ग्राहकलाई समेत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ।

क्रेडिट कार्डको सीमा, शुल्क, ब्याजदर, भुक्तानी मितिलगायतका सर्तबारे प्रस्ट रुपमा बुझेरमात्र आफूलाई उपयुक्त हुने किसिमको कार्ड सम्बन्धित संस्थाबाट माग गर्न राष्ट्र बैंकले सुझाव दिएको छ।

IME Life
kumari