citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रा.लि.को भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गर्यो 

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रा.लि.को भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको छ।

राष्ट्र बैंकको निर्देशनको परिपालना नगरेको पाइएपछि इ–नेट पेमेन्टको अनुमतिपत्र खारेज गरिएको हो। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी यसबारेमा जानकारी दिएको छ।

राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकका रुपमा कार्य गर्ने गरी मिति २०७६ फागुन २१ मा अनुमतिपत्र प्राप्त इ–नेट पेमेन्टले बैंकको निर्देशनको परिपालना नगरेको देखिएकोले भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्योट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १ (ग) को व्यवस्था बमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको ३१ औं दिनदेखि लागू हुने गरी खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन/दायित्व बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न पनि सूचनामा उल्लेख छ।

IME Life
kumari