stcnepal long ad
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८७ प्रतिशतले बढ्यो

जीवन बीमा कोष १३ अर्ब माथि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

३ अर्ब ९३ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा २८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८७.३५ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा सिर्षकमा १ अर्ब ५५ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १६ करोड ५३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ६३ करोड १७ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १० अर्ब २० करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार २८.१५ प्रतिशतले वृद्धि भएर १३ अर्ब ७ करोड पुगेको छ ।

चैत्र मसान्तसम्ममा कम्पनीले ४ अर्ब २४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ५।६१ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २५ करोड २६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा ३ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ७२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७।०५ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ४३ करोड ३५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड ५९ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९.५३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १७५.७२ रुपैयाँ रहेको छ ।

IME Lifesidebar
kumari