नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाका आवेदन दिन भनेको हो ।
बैंकका संस्थापक सेयरधनी कम्पनी महालक्ष्मी इन्भेष्टमेण्ट प्रा.लि.की शेयरधनी संगिता थापाले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएकी थिइन् ।
जसको आधारमा नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार पहिला विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिँदै शेयर बिक्रीमा राखिएको हो ।
उक्त ३५ दिनको म्यादभित्र हाल कायम संस्थापक शेयरधनीहरूबाट कुनै लिखित जानकारी नआएपछि राष्ट्र बैंकको निर्देशन बमोजिम अन्य व्यक्ति वा संस्थाले सेयर खरिद गर्न सक्ने व्यवस्था खोलिएको बैंकले जनाएको छ।























