citizens life insurance long ad

एशियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटललाई नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण शेयर निष्काशनका लागि लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो ।

हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले न्यूनत्तम चुक्ता पूँजी रु.५ अर्ब पु¥याउन दिएको निर्देशन बमोजिम यस कम्पनीले शेयर लाभांश र हकप्रद निष्काशन मार्फत् चुक्ता पूँजी जुटाउने क्यापिटल प्लान अन्तर्गत हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत (१,४२,७९,३१२ कित्ता) हकप्रद शेयर जारी गर्न लागेको हो ।

हकप्रद शेयर वितरण पछि यस कम्पनीको चुक्ता पूँजी रु।४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ पुग्नेछ ।

आ.व. ०८०/०८१ को चैत्र मसान्तसम्ममा कूल रु.४१ अर्ब रुपैयाँभन्दा बढी जीवन बीमा कोष रहेको यस कम्पनीले बीमित र शेयरधनीलाई अधिकत्तम प्रतिफल प्रदान गर्नुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिन जलविद्युत आयोजना, पर्यटन व्यवसाय, हवाई उड्ययन सेवा, बैंक, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुमा समेत लगानी विविधिकरण गरेको छ ।

कम्पनीले आ..व.०८०/०८१ को चैत्र मसान्त सम्म प्रथम बीमाशुल्क रु.१ अर्ब २० करोड ६१ लाख, नविकरण बीमा शुल्क रु.४ अर्ब ५७ करोड ९२ लाख गरी कुल रु.५ अर्ब ७८ करोड ५४ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

हाल यस कम्पनीले देशभर रहेका १३९ शाखा कार्यालयहरु र १ लाख १३ हजार अभिकर्ता मार्फत सर्वसाधारणको घरदैलोमै जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आईरहेकोे छ ।

IME Lifesidebar
kumari