stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कुमारी र देवःको असार २८ बाट एकीकृत कारोबार सुरु हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले देवः विकास बैंकलाई एक्वायर गरेर असार २८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।

दुवै एक भएपछि अब कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको जेठ १९ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०।८६ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिएको छ ।

यसर्थ, देवःको १०० सय कित्ता सेयर हुनेले अब कुमारीको नाममा ८६ कित्ता सेयर पाउनेछन् । देवः एक्वायरपछि कुमारीको चुक्ता पुँजी १२ अर्ब ५० करोड भन्दा बढी हुनेछ । बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब हुनेछ । एक्विजिसन प्रक्रियाका कारण देवःको गत असोज ९ गतेबाट सेयर कारोबार रोक्का छ ।

prabhu mahalaxmi
kumari bank
kumari