असार २१ बाट मेगा र गण्डकीको एकीकृत कारोबार
काठमाडौं । मेगा बैंकले गण्डकी विकास बैंकलाई एक्वायर गरेर असार २१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिइसकेका छन् । दुवै एक भएपछि अब मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
दुवै बैंकको जेठ २१ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई सभाले अन्तिम स्वीकृति दिएको छ ।
यसर्थ, गण्डकीको १०० सय कित्ता सेयर हुनेले अब मेगाको नाममा पनि १०० कित्ता नै सेयर पाउने छन् ।
गण्डकीलाई प्राप्ति गरेपछि मेगाको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ । त्यस्तै, निक्षेप १ खर्ब २५ अर्ब र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी हुनेछ । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन् ।
यता, एकीकृत कारोबारका लागि एउटै सफ्टवेयरबाट व्यवस्थापन मिलाउनुपर्ने भएकाले दुवै बैंकको असार १९ र २० गते एटीएम, एसएमएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहने छ । एक्विजिसन प्रक्रियाका कारण गण्डकीको असोज ९ गतेबाट सेयर कारोबार रोक्का छ ।




























