जोरपाटीमा सानिमा बैंकको नयाँ शाखा

काठमाडौं । सानिमा बैंकले ७९औं शाखा कार्यालय काठमाडौंको जोरपाटीमा सञ्चालनमा ल्याएको छ । सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उदघाटन गरेका थिए । सानिमा बैंकको उक्त शाखा संचालनमा आएसँगै ७९ वटा शाखा कार्यालय पुगेको छ । साथै ७९ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।