stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाईटीमा वित्तीय जागरण कार्यक्रम सम्पन्न

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । “वित्तीय जागरण, आजको आवश्यकता”लाई मूल नारा बनाई यस गरिमा विकास बैंक लि. द्वारा ब्लु डायमण्ड सोसाईटीका LGBTQ समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ ।
बैंकको चावहिल शाखा द्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरू लाई उत्प्रेरणा दिंदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रड बारे सचेतना , विभिन्न प्रकारका बचत , कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको हो ।

कार्यक्रममा ब्लु डायमण्ड सोसाईटीको तर्फबाट अध्यक्ष शितल पिंकी गुरुङ को उपस्थिति रहेको थियो भने गरिमा विकास बैंक लि को तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दिपक राज भण्डारी, लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल , चावहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीहरू को उपस्थिती रहेको थियो ।

ब्लु डायमण्ड सोसाईटीको तर्फबाट कार्यक्रममा उपस्थित सहभागीहरूलाई यस कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ ।

काठमाडौं को लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long