citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

राष्ट्र बैंकले ९१ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको नयाँ ट्रजरी बिल जारी गर्ने जनाएको छ ।

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र  बैंकले ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण र ५ अर्ब रुपैयाँकोे नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको नयाँ ट्रजरी बिल जारी गर्ने जनाएको छ । यो ट्रेजरी बिल आगामी जेठ १५ गते परिपक्व हुनेछ । यस्तै, ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने राष्ट्र बैंकले जनाएकोे छ ।

उक्त ट्रेजरी बिल भने २०८२ फागुन १३ गते परिपक्व हुनेछ । मंगलबार फागुन १५ गते जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

himalayan life insurance
igi long