citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र बाँडफाँड

नेपाल इन्भेष्टमेण्ट  मेगा बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँड भएको छ ।

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट  मेगा बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले १० प्रतिशत ब्याजदरको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ४० लाख ४० हजार कित्ता ऋणपत्र विक्री गरेको थियो ।

कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशतले हुने २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थामा विक्री गरिएको छ भने बाँकी ४० प्रतिशत दरको १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणमा विक्री गरिएको छ ।

कम्पनीले फागुन १ गतेदेखि ४ गतेसम्म सर्वसाधारणमा ऋणपत्र निष्काशन गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक प्राप्त आवेदकलाई फागुन १० गते ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

himalayan life insurance
igi long