महालक्ष्मी विकास बैंकले विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग
काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । यसैक्रममा बैंकले विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापनका लागि ३ लाख १५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ।
बैंकको हेटौंडा र टाँडी शाखाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न। ११ मा अवस्थित आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका वडा न ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि क्रमश। रु. एक लाख पचास हजार र रु. एक लाख पैसठ्ठी हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
असार २ गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्रप्रसाद नेपाललाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका हुन् । त्यस्तै असार ८ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक श्याम बाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई रु। एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गरे ।

























