stcnepal long ad
ime life insurance
national life
global ime bank long

चीनबाट आयात हुने सामग्री नाकाबाट सहज रुपमा भित्रन नसकेको व्यवसायीको गुनासो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चीनबाट आयात हुने सामग्री नाकाबाट सहज रुपमा भित्रन नसकेको व्यवसायीले गुनासो गरेका छन् ।

आफूहरु चीन जान नपाउने अवस्था कायमै रहेको र यसबाट नेपाली व्यवसायीको अर्बौँ रुपैयाँको सामान जोखिममा परेको उनीहरुको भनाइ छ । व्यवसायीहरुले नाकामा सहज नहुँदा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्थामा बनेको गुनासो गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले केरुङ र तातोपानी नाकामा व्यवसायीलाई पनि अस्थायी पासको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको छ । अहिले सम्बन्धित जिल्लाका व्यवसायी मात्रै नाकापारि जान सक्ने अवस्था छ ।

महासङ्घका अध्यक्ष कुमार कार्कीले चीनसँग जोडिएको दुई वटा नाका केरुङ र तातोपानी नाकामा जिल्लाका व्यवसायी मात्रै जान पाउने सिण्डिकेट हटाएर सबै व्यवसायीलाई अस्थायी पासको व्यवस्था मिलाउन आफूहरुको माग रहेको बताउनुभयो । उहाँले धेरै सामान चीनबाट आयात हुने तर व्यवसायी आफैँ जान नपाउँदा समस्यामा परेको बताउनुभयो ।

चीनबाट आयात हुने सामान नाकामा फुट्ने, लामो समयदेखि आएर कुहिने हुँदा पनि व्यवसायी नाका पारि जान नपाउने अवस्था विद्यमान रहेको उहाँको भनाइ छ ।

अध्यक्ष कार्कीले सामान ढुवानी गर्न, ट्रकमा सामान लोड गर्न समेत सम्बन्धित जिल्ला र स्थानीय साधन लैजानुपर्ने एकाधिकार हटाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण समेत गराएको बताउनुभयो । महासङ्घले व्यवसायीलाई सहज रुपमा व्यापाररव्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको हो ।

चीनसँग पारवहन सम्झौता भएको लामो समय हुँदा पनि कार्यान्वयन हुन नसकेको महासङ्घले जनाएको छ । महासङ्घका उपाध्यक्ष लक्ष्मी खड्काले चीनबाट अर्बौँ रुपैयाँ लगानी गरेर आयात गरेको सामान ल्याउनको लागि आफैँ जान पाउनुपर्ने बताउनुभयो ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले पनि चीनसँग जोडिएको केरुङ र तातोपानी नाकामा रसुवा र सिन्धुपाल्चोक जिल्लाका व्यवसायीले मात्रै नाकापारि जान पाउने व्यवस्थाले समस्यामा पारेको बताउनुभयो । व्यवसायीले नाकामा भन्सार तिर्न समेत झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

IME Lifesidebar
kumari