लक्ष्मी सनराइज बैंकको खुद ब्याज आम्दानी १०४ प्रतिशतले बढे पनि किन घट्यो नाफा ?
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको यसै अवधिको भन्दा १.६६ प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस बैंकको खुद ब्याज आम्दानी १०४.६६ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा भने १ अर्ब ४९ करोडबाट घटेर १ अर्ब ४४ करोडमा झरेको छ ।
यसको इम्पेयरमेन्ट चार्ज ५७ करोड ३० लाखबाट बढेर २ अर्ब ७३ करोड २६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफामा दबाब परेको हो । यसको वितरणयोग्य नाफा ऋणात्मक छ ।
लक्ष्मी सनराइज बैंकको खराब कर्जा दर १.५६ प्रतिशत विन्दुबाट बढेर ४.६७ प्रतिशतमा पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
जगेडा कोषमा १६ अर्ब २६ करोड रुपैयाँ जम्मा रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५१ पैसाले घटेर ९ रुपैयाँ १४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १६६ रुपैयाँ ६२ पैसा रहेको छ ।