citizens life insurance long ad
stcnepal long ad

सिटिजन्स बैंकद्वारा विद्यार्थीहरुलाईन्यानो कपडा वितरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतचौदण्डीगढी नगरपालिका ८, उदयपुरस्थित श्रीसरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ ।

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दलित, जनजाति तथा विपन्न परिवारबाट रहेकार उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले ती बालबालिकाहरुलाई न्यानो स्वेटर प्रदान गरिएको हो ।

विद्यालयमा अयोजित एक कार्यक्रम का बीच कक्षा नर्सरी देखि कक्षा १० सम्मका १९१ विद्यार्थीहरुलाई स्वेटर प्रदान गरिएको हो ।

यसका साथै सिटिजन्स बैंकका लिकानगर शाखा, बुटवलले पनि स्थानीय मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

चिसो मौसमका कारण न्यानो कपडाको अभावमा विद्यार्थीहरुको पठन–पाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएका छन् । यस कार्यले चिसो मौसममा उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

IME Life
kumari