citizens life insurance long ad
stcnepal long ad
national life

नेपाल राष्ट्र बैंकले १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल

यो ट्रेजरी बिल फागुन १ गते परिपक्व हुनेछ ।

Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन र ९१ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । माघ २ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज आइतबार पुस २९ गते दिउँसो २ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी बिल फागुन १ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

यो ट्रेजरी बिल २०८१ बैशाख ४ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष० स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

himalayan life insurance
igi long