citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

लुम्बिनी विकास बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले  २०८० पौष २६ गतेबिहिबार १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाले आ. ब. २०७९/८० को बार्षिक प्रतिबेदन पारित गरीआ. ब. २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनी महानुभावहरुलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयर सहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष श्रीचिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १६ औं वार्षिक साधारणसभामाआ.ब. २०७९/८० को बार्षिक प्रतिवेदन उपरसहभागी शेयरधनीहरुले राख्नुभएका जिज्ञासाहरुको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पार्नु भएको थियो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथाएक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती निक्षेप खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

 

 

gold
kumari bank