citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिटिजन्स बैंकको तीन अर्ब बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गरेको थियो ।

वार्षिक १० प्रतिशत ब्याजदर दिने उक्त ऋणपत्रमा असोज १७ गते देखि कार्तिक १ गते सम्म आवेदन खुला गरिएको थियो । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

यसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।

सर्वसाधारण मध्येको ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

नेप्सेमा सूचीकृत भएसँगै अब भोलिबाट उक्त ऋणपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी हुनेछ ।

himalayan life insurance
igi long