macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

महालक्ष्मी विकास बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति ?

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । विकास बैंकहरुले पनि ब्याजदर घटाउन थालेका छन्। वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाइरहेको बेला विकास बैंकहरुले पनि घटाउन थालेका हुन्।

यससँगै, महालक्ष्मी विकास बैंकले पनि ब्याजदर घटाएको हो । बैंकले आज मंसिर २८ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैंकले यसअघि साधारण बचत खातामा न्यूनतम ४ दशमलव ४० प्रतिशतदेखि अधिकतममा ६ दशमलव ४० प्रतिशतसम्म ब्याजदर कयाम गर्दै आएकोमा अब साधारण बचत खातामा न्यूततम ४ दशमलव ३० प्रतिशतदेखि अधिकतममा ६ दशमलव ३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

त्यस्तै, बैंकले कल डिपोजिटमा २ दशमलव १५ प्रतिशत तथा महालक्ष्मी डलर सेभिङ्ग अकाउन्टमा ३ दशमलव २८ प्रतिशत ब्याजदर कायम गरेको हो ।

बैंकले मुद्दनि निक्षेपमा व्यक्तिगततर्फ ९ दशमलव ३० तथा संस्थागत तर्फ ७ दशमलव ३० र रेमिट्यान्स मुद्दतिमा १० दशमलव ३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

यसअघि गरिमा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले मंसिर २७ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका छन्।

himalayan life insurance
igi long
NTA long ad