stcnepal long ad
Himalayan bank

आज सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आज मंसिर २४ गते सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभाआज बस्दैछ। उक्त वार्षिक साधारणसभामा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ % बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ % नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १० गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश  बैंकको  वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ । वार्षिक साधारण सभा, लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long