macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नबिल बैंकले पायो ३ अर्बको ऋणपत्र बिक्री गर्ने अनुमति

लगानीकर्तालाई ९% ब्याज

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नबिल बैंकलाई ‘नबिल डिबेन्चर २०८७’ नाम ऋणपत्र निष्कासन गर्न आइतबार (मंसिर १० गते) अनुमति दिएको हो। अब नबिल बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ।

बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्ति तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

नबिल बैंकको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। नबिल बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

himalayan life insurance
igi long
NTA long ad